हिउँमा चिप्लीएर एक स्पेनिस नागरिकको मृत्यु

ब्रेकिङ्ग समाचार मुख्य समाचार

प्रकाशित मिति: ३ कार्तिक २०७६, आईतवार १०:५३

दोलखा/दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर ९ ना गाँउ माथि रहेको छुकिमा गो हिमाल आरोहण गरी फर्कने क्रममा हिउँमा चिप्लीएर एक स्पेनिस नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् ।
६ हजार २ सय ५८ मीटर उचाईको छुकिमा गो हिमाल आरोहण गरी फर्कने क्रममा शनिवार हिउँमा चिप्लीएर पासर्पोट नम्बर पिएजे ८३९४३५ का ४४ बर्षिय लुईस फिलिप भलभर्ड गुजम्यानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले बताउनु भयो । सो क्रममा पासर्पो नम्बर एएई ३४५३५० का डेभिड सुले फर्नान्डेज घाईते भएको र उनलाई आईतवार सिम्रीक एयरको हेलेकप्टरबाट उद्दार गरी काठमाडौँको टिचिङ अस्पताल पठाईएको प्रहरी निरीक्षक बोहोराले बताउनु भयो । फर्नान्डेजलाई बीचमा अड्कीएको अवस्थामा उद्दार गरिएको प्रहरीले जनाएको छ । मृतक गुजम्यानको शव पनि पोष्मार्टमको लागि काठमाडौँनै पठाईएको प्रहरीले जनाएको छ ।
दुई स्पेनिस नागरिक दुई जना नेपाली गाईड सहित अन्नपूर्ण टेक्स एण्ड एक्सपीडिसन प्रालि मार्फत २०७६ असोज १२ गते काठमाडौँबाट आरोहणको लागि गएको थियो ।

तस्विर सौजन्यः विमला बुढाथोकी



तपाईंहरुको प्रतिकृया