भारतिय पूर्व विदेश मन्त्री सुष्मा स्वराजको निधन

प्रवास ब्रेकिङ्ग समाचार मुख्य समाचार राजनीति

प्रकाशित मिति: २१ श्रावण २०७६, मंगलवार १८:३१

काठमाडौँ/भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको ६७ बर्षको उमेरमा निधन भएको छ । ह्रदयघात भए भएपछि उहाँलाई मंगलवार राति करिब १० बजे दिल्ली स्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पताल भर्ना गरिएको केहि समय पछिनै उहाँको निधन भएको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
केहि घण्टा अघिमात्र उहाँले ट्वीट गरेर जम्मु कश्मिरले पाउदै आएको विशेष राज्यको मान्यता खारेज गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिनु भएको थियो ।
भारतिय प्रधानमन्त्री नरेन्द्र मादीले ट्वीट गर्नुहुदै स्वराजको मृत्यु भएकोमा शोक व्यक्त गर्नु भएको छ । उहाँले ट्वीटमा स्वराजको निधनबाट भारतिय राजनीतिमा एक गौरवशाली इतिहासको अन्त्य भएको उल्लेख गर्नु भएको छ ।



तपाईंहरुको प्रतिकृया