वडामै विकास शिविरको आयोजना गरेपछि सेवाग्राहि खुशि ।

फिचर समाचार राजनीति समाचार स्थानीय समाचार

प्रकाशित मिति: १३ आश्विन २०७६, सोमबार १६:१७

विमला बुढाथोकी

दोलखा/दोलखाको कालिञ्चोक गाउँपालिकाले वडा मा नै पुगेर विकास शिविरको आयोजना गरेपछि सेवाग्राहि हर्षित भएका छन् ।
गाँउपालिकाले वडामा पुगेर योजना सम्झौता देखि प्राथमिक उपचार समेत गराउन सुरु गरेपछि आम नागरिकहरुले बल्ल स्थानीय सरकार घर घरमा पुगेर नागरिकलाई सेवा प्रवाह गरेको आभास गरिरहेका छन् । उनिहरुले यति बेला स्थानीय सरकार के हो ? नागरिकका हितका लागि स्थानीय सरकारले कसरी काम गरिरहेका छन् ? यस्ता कुराको जानकारी भएकोप्रति समेत खुशि व्यक्त गरेका छन् ।
यस अघि सेवा पाउनको लागि घण्टौँ हिँडेर वा बलेरो रिर्जभ गरेर गाउँपालिका पुग्दा पैसासँगै समयको खर्च हुने गरेको तर अहिले यस्ता समस्याबाट मुक्ति पाएको अनुभव सुनाउनुहुन्छ कालिञ्चोक गाउँपालिका वडा नम्बर १ क्याम्पलका पुर्णबहादुर थामि । उहाँ भन्नुहुन्छ “पहिले गाउँपालिका पुग्दा टाढा हुनुका साथै सवारी नपाउने र धेरै रकम खर्च हुन्थ्यो । एउटा कागज नमिलेमा फेरी फर्किएर घर आउनुपर्ने र मिलाएर लानुपर्ने समस्या थियो अहिले शिविरको आयोजना गरेपछि धेरै कुरामा सेवाग्राहिलाई फाईदा भएको छ ” ।
कामको लागि गाउँपालिका पुग्दा आफुसँग बच्चा समेत साथमा बोकेर जानुपर्ने र फर्कदा रात पर्ने घरको काम केहि नभ्याउने समस्या विकराल बन्दै गएको अवस्थामा यसरी घर दैलोमा पुगेर यस्तो सेवा दिँदा सरकार घरमा आईपुगे जस्तै लागेको अनुभव सुनाउँनुहुन्छ कालिञ्चोकका मङ्गलि थामि । उहाँ भन्नुहुन्छ “गाउँपालिका पूग्दा आफुलाई हतारमा काम सकेर फर्कनु पर्दा केहि बुझन र सिक्न पाएका थिएनौ । अहिले भने सिक्न र बुझन बाँकी कुरा बुझन पाउँदा खुशि लागेको छ” समृद्ध कालिञ्चोक बनाउन आयोजना गरेको शिविरमा आर्थिक वर्ष २०७६÷०७७ का लागि भौतिक पुर्वाधार आयोजना सम्झौता, कृषि आयोजना कार्यक्रम सम्झौता, पशुसेवा आयोजना कार्यक्रम सम्झौता, विविध कार्यक्रम सम्झौता, कृषि सेवा परामर्श, पशु सेवा परामर्श, सामाजिक सुरक्षा सेवा परामर्श र स्वास्थ्य परीक्षण तथा प्राथमिक उपचार गराउन सुरु गरेपछि सेवाग्राहि खुशि भएका हुन् । शनिबार मात्र कालिञ्चोकमा । शिविरलाई प्रभावकारी बनाउन विषयविज्ञ कर्मचारीका साथ गाउँपालिकाका प्रमुख विनकुमार थामि र उपप्रमुख कालिका पाठन निरन्तर खटिईरहनुभएको छ । हाल सम्म कालिञ्चोक गाउँपालिकाको दुई वडामा विकास शिविर सम्पन्न भईसकेको छ भने बाँकी वडामा पनि विकास शिविरको आयोजना गर्ने तयारी भएको बताईएको छ ।

शिविरको आयोजना गर्नुको उद्देश्य 
कालिञ्चोक गाउँपालिकाले विगतमा गरेका कार्यक्रमलाई पुर्णता दिनको लागि केहि नयाँ कार्यक्रम ल्याएको र यसलाई व्यवस्थित बनाउनको लागि प्रत्येक वडामा पुगेर सेवा प्रवाह गरिरहेको गाउँपालिकाका उपप्रमुख कालिका पाठकले बताउनु भएको छ । कालिञ्चोक गाउँपालिकाले गर्ने जतिपनि विकास निर्माण लगाएतका काम छन् । ति सबै समय मै गर्ने । काम गर्न गाउँपालिका पुग्दा व्यहोर्नुपर्ने झन्झटबाट सेवाग्राहिलाई मुक्त गराउन प्रत्येक वडामा विकास शिविरको आयोजना गरिएको उपप्रमुख पाठकले बताउनुभयो । उहाँले भन्नुभयो बर्षे विकासलाई निर्मुल पारि, सुशासन कायम गर्न हामिले यो कार्यक्रम ल्याएका हौँ । यदि गाउँपालिकामा सुशासन कायम गर्न सकियो भने वडा समृद्धि हुन्छ र जनता सुखि हुने गाउँपालिकाको ठम्माई छ ।



तपाईंहरुको प्रतिकृया