चीनमा बुद्धलाई जस्तै चीनियाँ नेताहरुलाई सम्मान

फिचर समाचार बिचार राजनीति

प्रकाशित मिति: १८ आश्विन २०७५, बिहीबार १४:२२

शरद सापकोटा

जनवादी गणतन्त्र चीनमा नेताहरुलाई उच्च सम्मानगर्ने गरिएको छ । आधुनिकचीनको लागिआन्दोलन, परिकल्पना र विकास गर्ने नेताहरुलाई स्वतस्फूर्त चीनियाँजनताले सम्मान प्रकट गर्ने गरेका छन् । सार्वजनिक स्थान, चोक, गुम्बा, सार्वजनिक समारोहमा नेताहरुका तस्वीर राखेर सम्मान र सम्झनागर्ने गरिएको छ । चीनियाँ कम्युनिष्ट पार्टीकातत्कालीनअध्यक्षमाओत्से तुङ देखि वर्तमान राष्ट्रपति सी जीनपिङ सम्मका तस्वीरहरुमा सार्वजनिक ठाउँमा स्वतस्फूर्त रुपले राखिएको छ ।
राष्ट्रिय स्तरका नेताहरु माओत्से तुङ, सोङचिङ लिङ, लिजिनिन, याङ साङ्गुन, जीयाङजमिन, हु जिन्ताओ र सी जीनपिङका साथै स्थानीयतहका नेताहरुको तस्वीर र भगवान बुद्धको तस्वीरलाई एकैसाथ सजाएर राखेको जताततै देख्न सकिन्छ । स्थानीय सरकार र त्यहाँका नेताले गरेकाविकास निर्माणका कामको बारेमा सङ्ग्रहालयनिर्माण गरेर राखिन्छ जसले गर्दा भावी पुस्तालाई कामगर्ने सीप, आँट र जाँगर पैदा गरोस । भगवानले गरेजस्तै काम गरी आधुनिकचीनलाई जादुमय ढंगले विश्वमाचिनाउन योगदान गरेकाले बुद्ध र नेताको बराबर सम्मानगरिदै आएको चीनियानागरिकहरुको भनाई रहेको छ ।
राष्ट्रिय देखि स्थानीय सरकाले कामगर्दा भ्रष्ट्राचार र ढिलासुस्ती जस्ता कुराहरु सुन्नै पर्दैन । जतिबर्षको जे योजनाबनाईन्छ त्यतिअवधीमा सो योजना पुरा गर्नैपर्ने बाध्यात्मकअवस्था र उच्चप्रविधिसहितको ब्यवस्थित योजनाबनाउने परिपाटीले छोटो इतिहासमाचीनमाअत्याधिकविकास भएको हो । विश्वले वर्तमानचीनप्रतिध्यानाकर्षण गरिरहेको अवस्थासिर्जनागर्न नेताहरुकै योगदान रहेकोले तल्लो तहका नेताहरुले समेत चीनमाउच्च सम्मानपाउने गरेका छन् । राजनीतिगर्ने मानिसहरुले चीनमागालीखानु नपर्ने र कहिल्यैपनि बेइज्जतहुनु नपर्ने चीनियाँ बुद्धिजीविहरुको भनाई रहेको छ । अरुको कुरा काट्ने बानी र फुर्सद चीनियाँहरुलाई नभएकोले सबै मानिसले कामप्रतिध्यानकेन्द्रितगर्न सकिरहेको उनीहरुको भनाई रहेको छ ।
नेपालकै छिमेकी देश चीनको सिकाईले नेपालममाविकास गर्ने आँट, साहस र इच्छाशक्ति नेपाली नेताहरु र निर्वाचितजनप्रतिनिधिमाहुने हो भने वास्तविकविकास र परिवर्तन सम्भव छ । ब्यवस्थित योजना, स्पष्ट कार्यशैली, प्रविधि सहितको विकास र दक्षजनशक्ति परिचालनगर्दा परिवर्तन सम्भव छ । यतिबेलाजनप्रतिनिधि र नेपाली नेताहरुले चीनियाँविकास मोडल अपनाउने हो भने विकास र परिवर्तन नजिकै देख्न सकिन्छ ।



तपाईंहरुको प्रतिकृया