कोरोना संक्रमणबाट जोगिन प्रहरीलाई ‘फेस सिल्ड’

प्रदेश समाचार ब्रेकिङ्ग समाचार मुख्य समाचार स्वास्थ्य

प्रकाशित मिति: ३२ श्रावण २०७७, आईतवार १६:२८

दोलखा/बागमती प्रदेश प्रहरी कार्यालयले मातहतमा रहेका सबै प्रहरी कर्मचारीले कोरोना संक्रमणको जोखिम कम गर्न सोमवार (भदौ १ गते) बाट फेस सिल्ड लगाएरमात्र डियुटी गर्ने व्यवस्था मिलाएको जनाएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले फिल्डमा नियमीत खटिने मातहतका प्रहरी कर्मचारीलाई फेस सिल्ड वितरण गरेको प्रहरी बरिष्ठ उपरीक्षक सुदिप गिरीले बताउनु भयो ।
डियुटीमा खटिने हरेक प्रहरी कर्मचारीले अब प्रहरीको लोगो र बागमति प्रदेश प्रहरी लेखिएको फेस सिल्ड लगाउने बागमति प्रदेश प्रहरी कार्यालयले जनाएको छ । डियुटीमा खटिने प्रहरी कर्मचारीको सम्पर्क धेरै व्यक्तिहरुसंग हुने भएकोले उनीहरुलाई संक्रमणबाट जोगाउन र प्रहरी कर्मचारीबाट अन्य व्यक्तिमा संक्रमण फैलन नदिन प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त लामाको निर्देशनमा फेस सिल्ड उपलब्ध गराई डियुटीमा रहदा मास्क, फेस सिल्ड अनिर्वाग गरिएको प्रहरी बरिष्ठ उपरीक्षक गिरीले बताउनु भयो ।
बागमति प्रदेश प्रहरी कार्यालय हेटौडाले कोरोना संक्रमणको जोखिम कम गर्न मातहत कार्यालयहरुलाई पक्राउ परेका व्यक्तिहरु र संक्रमण जोखिममा कार्यरत सबै प्रहरी कर्मचारीको पिसिआर परिक्षण समेत अनिर्वाय गर्न निर्देशन दिएको छ । त्यसैगरी हरेक प्रहरी कार्यालयमा प्रहरी क्वारेन्टीन बनाउने र बाहिर गएका प्रहरीलाई फर्केपछि पहिले क्वारेन्टीनमा राख्ने व्यवस्था गर्न समेत मातहत कार्यालयलाई निर्देशन गरेको छ ।



तपाईंहरुको प्रतिकृया