नेपाली सेनाको नागरिक सैनिक सम्बन्ध अभियान

प्रदेश समाचार ब्रेकिङ्ग समाचार समाचार

प्रकाशित मिति: ८ भाद्र २०७६, आईतवार १२:०५

हेटौडा/नेपाली सेनाले पछिल्ला दिनहरुमा आफ्ना गतिविधि सर्वसाधारणसम्म पु¥याउन र नागरिक सैनिक सम्बन्धलाई विस्तार गर्न बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सोहि क्रममा सेनाले पहिलो पटक पत्रकारहरुको लागि रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ ।
नेपाली सेनाको मध्य पृतना हेटौडाले सञ्चालन गरेको रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रमको आईतवार उद्घाटन गर्नुहुदै पृतनापती उपरथी ताराध्वज पाण्डेले सैनिक संगठनले गर्ने गतिविधिलाई आम जनतासम्म पु¥याउन पत्रकारहरुले महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । उपरथी पाण्डेले नेपाली सेनाको कतिपय प्राविधिक, संरचनागत र नीतिगत विषयहरुको बारेमा पत्रकारहरुलाई जानकारी नहुदा समाचार संकलन तथा लेखनमा समस्या हुने महसुस गरी नेपाली सेनाको जन सम्पर्क तथा सूचना निर्देशनालयको समन्वयमा रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएकोे बताउनु भयो ।
पृतनापती उपरथी पाण्डेले यस्ता अभिमुखिकार्यक्रमले नागरिक, सैनिक तथा पत्रकारहरुको सम्बन्ध जिवन्त रहने र सेनाबाट भएका गतिविधिहरुको विषयमा आम रुपमा गलत अफवाह वा धारणा बन्न नसक्ने बताउनु भयो ।
नेपाली सेनाको मध्य पृतनाले जन सम्पर्क तथा सूचना निर्देशनालयको समन्वयमा सञ्चालन गरेको अभिमुखि कार्यक्रममा तीन नम्बर प्रदेशको चितवन, मकवानपुर, सिन्धुली, रामेछाप, धादिङ, नुवाकोट र रसुवाका १४ जना पत्रकारहरुको सहभागिता रहेको छ । पाँच दिनसम्म सञ्चालन हुने अभिमुखिकरण कार्यक्रममा नेपाली सेनाले गरेको गतिविधि, सेनाको संरचना, नीति नियमहरु, सेनाले सञ्चालन गरेको राष्ट्रिय महत्वका आयोजनाहरुको अवस्था लगायतका विषयमा छलफल तथा अन्तक्रिर्या हुने नेपाली सेनाको जन सम्पर्क तथा सूचना निर्देशनालयका प्रमुख सेनानी विमलराज शर्माले बताउनु भयो ।
अभिमुखिकरण कार्यक्रममा पहिलो दिन आईतवार रक्षा मन्त्रालय तथा राष्ट्रिय सुरक्षा नीति सम्बन्धमा रक्षा मन्त्रालयका उपसचिव मनोज आचार्य, पृतना हेडक्वाटरको जिम्मेवारी र नागरिक सैनिक सम्बन्धलाई थप मजबुद बनाउन भएका कार्यहरुको विषयमा पृतना हेडक्वाटरका प्रमुख सेनानी अनिल उपाध्याय, संघिय संरचनामा नेपाली सेनाको तैनाथी सम्बन्धि जानकारी विषयमा युद्धकार्य निर्देशनालयका प्रमुख सेनानी सरोज अधिकारी, नागरिक सैनिक सम्बन्ध, आवश्यकता र चुनौती विषयमा नेपाल पत्रकार महासंघ तीन नम्बर प्रदेश अध्यक्ष प्रताप विष्ट, नागरिक सैनिक सम्बन्धमा जनसम्पर्क तथा सूचना निदेृशनालयको भूमिका तथा महत्व विषयमा निर्देशनालयका प्रमुख सेनानी विमलराज शर्मा र राष्ट्रिय सेवा दल सम्बन्धमा मध्यतालिम शिक्षालय हात्तिसारका शिक्षक अधिकृत सेनानी लक्ष्मण थापाले जानकारी गराउनु भएको थियो ।
अभिमुखि कार्यक्रममा तीन दिनसम्म नीतिगत तथा जानकारी मुलक विषयमा छलफल हुने र दुई दिन नेपाली सेनाले गरेका कामहरुको विषयमा स्थलगत अवलोकन गरिने कार्यक्रम रहेको मध्य पृतनाले जनाएको छ ।



तपाईंहरुको प्रतिकृया