बौद्ध परिपथ विषयमा छलफल

पर्यटन प्रदेश समाचार ब्रेकिङ्ग समाचार समाचार

प्रकाशित मिति: २३ जेष्ठ २०७५, बुधबार १६:३४

दोलखा/सदरमुकाम चरिकोटमा बौद्ध परिपथ नेपालको राष्ट्रिय दस्तावेज तयारी सम्बन्धि एक दिने परामर्श गोष्ठि बुधवार (आज) सम्पन्न भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय लुम्बिनी विकास कोषको आयोजना तथा दोलखा पर्यटन विकास समितिको समन्वयमा भएको परामर्श गोष्ठिमा कोषका रामचन्द्र सेढाईले बौद्ध परिपथले समेट्ने ठाँउ र कारणको बारेमा जानकारी दिनुहुदै दोलखा बौद्ध परिपथमा समेट्न सकिने नसकिने बारेमा तथ्य सहितको जानकारी लिन कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी विकास कोषका रामचन्द्र सेढाई, युवराज लामा, बसन्त महर्जन, दोलखा वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामा, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य चिरञ्जीवी मास्के, पर्यटन विकास समिति दोलखाका अध्यक्ष बैकुन्ठ नारायण प्रधान लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।



तपाईंहरुको प्रतिकृया