दोलखामा एक साताको लक डाउन घोषणा

दोलखा बिशेष ब्रेकिङ्ग समाचार समाचार स्वास्थ्य

प्रकाशित मिति: ३१ श्रावण २०७७, शनिबार ०३:२४

दोलखा/दोलखा जिल्लामा शनिवार (आज) देखि एक साताको लक डाउन घोषणा गरिएको छ । पछिल्लो समय जिल्लाको बिभिन्न ठाँउमा कोरोना संक्रमित बढ्न थालेपछि जिल्ला सङ्कट व्यवस्थापन समितिको सिफारीसमा स्थानिय प्रशासनले लक डाउनको घोषणा गरेको हो ।
भदौ ६ गते राति १२ बजेसम्मको लागि घोषणा गरिएको लक डाउनको अवधिमा अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन जिल्लावासिलाई आग्रह गरिएको छ । त्यसैगरी अति आवश्यक सेवा प्रदान गर्ने कार्यालय बाहेक सरकारी एवं गैरसरकारी कार्यालयहरु बन्द गर्ने, जिल्ला भरी सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाउने, जिल्ला भरीका सम्पुर्ण पसलहरु बन्द गर्ने तर अत्यावसेक खाद्यान्न, तरकारी तथा दुधजन्य पसलहरु भने विहान १० बजेसम्म खुला गर्न दिने प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेलले बताउनु भयो ।
दोलखाको गौरीशङ्कर गाँउपालिकामा शुक्रवार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्थानिय प्रशासनले एक साताको लक डाउन घोषणा गरेको हो । कोरोना संक्रमण पुष्टि भएका पाँच जनामा तीन जना गाँउपालिकाका कर्मचारी र दुई जना सर्वसाधारण रहेको गौरीशङ्कर गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख वसन्तराज रेग्मीले बताउनु भयो । जिल्लामा गत साउन २७ गते गौरीशङ्कर गाँउपालिकामा एक जना स्वास्थ्यकर्मी सहित दुई जनामा कोरोना संक्रमण देखिएको थियो भने साउन २९ गते कालिञ्चोक गाँउपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको थियो ।
गौरीशङ्कर गाँउपालिकामा ुई जनालाई कोरोना संक्रमण देखिएपछि उनीहरुको कन्ट्रायाक ट्रेसिङको आधारमा ८३ जनाको स्वाव परिक्षण गर्दा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
दोलखामा अहिलेसम्म ११ जनामा कोरोना संक्रमण देखिएको र त्यसमध्य तीन जना भने ठिक भएर घर फर्किसकेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले बताउनु भयो । जिल्लाका ११ जना कोरोना संक्रमित मध्य ९ जना गौरीशङ्कर गाँउपालिकाको रहेको प्रमुख झाले बताउनु भयो ।



तपाईंहरुको प्रतिकृया