गाँउपालिका कर्मचारी सहित दोलखाको दुई जनामा कोरोना पोजेटिभ

दोलखा बिशेष ब्रेकिङ्ग समाचार स्वास्थ्य

प्रकाशित मिति: २७ श्रावण २०७७, मंगलवार १०:५०

दोलखा/दोलखाको गौरीशङ्कर गाँउपालिकामा दुई जना पुरुषलाई कोरोना भारईरस (कोभिड १९ ) पोजेटिभ देखिएको छ । साउन २५ गते सात जनाको स्वाव सङ्कलन गरी धुलिखेल अस्पताल पठाईएकोमा मंगलवार (आज) दुई जनाको कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले बताउनु भयो ।
कोरोना पोजेटिभ देखिएकामा एक साता अघि मलेसियाबाट आएर गौरीशङ्कर गाँउपालिका स्थित हलेश्वर माविको क्वारेन्टिनमा रहेका एक जना र गाँउपालिकाको कर्मचारी एक जना रहेको गाँउपालिका प्रमुख स्वयमबहादुर खड्काले बताउनु भयो ।
कोरोना पोजेटिभ देखिएका दुई जनाको क्लोज कन्ट्याकमा रहेकाहरुलाई सर्तक रहन भनिएको र बुधवार क्लोज कन्ट्याकमा रहेकाहरुको स्वाव परिक्षणको लागि जिल्लाबाट टोलि पठाउन लागिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख झाले बताउनु भयो ।



तपाईंहरुको प्रतिकृया