गौरीशङ्कर पहिरो, पूर्व सूचनाले मानविय क्षति कम

दोलखा बिशेष ब्रेकिङ्ग समाचार मुख्य समाचार समाचार

प्रकाशित मिति: २३ श्रावण २०७७, शुक्रबार ०३:४९

दोलखा/विहिवार रातिको अविरल बर्षा पछिको बाढी पहिरोका कारण दोलखाको गौरीशङ्कर गाँउपालिकामा एक जनाको ज्यान गएको छ भने दजनौ घरहरु मा क्षतिपुगेको छ ।
विहिवार रातिको अविरल बर्षाको कारण गौरीशङ्कर गाँउपालिका वडा नम्बर ८ खारे टुनिटारमा माथिबाट खसेको पहिरोले लागेर ३० बर्षका सुरेश शिवाकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताउनु भयो । दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर ८ घर भएका शिवाकोटी ग्रीलको काम गर्न खारे पुगेका थिए । पहिरोले लागेर अर्का मजदुर लोकश चौधरी घाईते भएको प्रहरीले जनाएको छ ।
अविरल बर्षा पछि गौरीशङ्कर गाँउपालिका वडा नम्बर ६ बरुमा बाढी पस्दा चार घर पूर्ण रुपमा क्षति भएको र २० वटा भन्दा बढी घरमा पानी तथा माटो पसेर क्षति पुगेको गौरीशङ्कर गाँउपालिकाका अध्यक्ष स्वयमबहादुर खड्काले बताउनु भयो । त्यसैरी वडा नम्बर ६ कै बुथुमा २ घर पुर्ण रुपमा क्षति भएको र १० वटा भन्दा बढी घरमा पानी पसेर क्षति पुगेको अध्यक्ष खड्काले बताउनु भयो ।
बाढी तथा पहिरोकै कारण गुरुम्फिमा ५÷६ घर पूर्ण क्षति भएको र अन्य २० वटा भन्दा बढी घरमा क्षति पुगेको तथा खारे टुनिटारमा पनि दुई घर पूर्ण क्षति भएको र केहि घरहरुमा क्षति पुगेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुनजित तमाङले बताउनु भयो ।
तामाकोसीमा पानीको बहाब अत्यधिक भएपछि विगु र गौरीशङ्कर गाँउपालिका जोड्ने भोर्लेको बेलिब्रीजमा क्षति पुगेले आवत जाओतमा केहि समस्या भएको अध्यक्ष खड्काको भनाई छ ।
विहिवार साँझ देखिनै गौरीशङ्कर, विगु तथा कालिञ्चोक गाँउपालिकाको बिभिन्न क्षेत्रमा अविरल बर्षा भएर तामाकोसी नदिको गोंगर, सिंगटी र जगतको बाढी मापन केन्द्रमा जलसतह सर्तकता पुगेको र बढ्दो रहेको भनि जल तथा मौसम विज्ञान विभागले तामाकोसी तटिय क्षेत्र र दोलखा जिल्लाको साना नदीतटिय क्षेत्रमा शुक्रवार विहानसम्म उच्च सर्तकता साथ रहन हेरक मोवाईलमा सन्देश पठाएको तथा स्थानिय प्रशासनले समेत सबै ठाँउमा सर्तक रहन सूचना जारी गरेकोले मानविय क्षेति धेर हुन नपाएको स्थानियको भनाई छ । अविरल बर्षा पछिको बाढी र पहिरोले गौरीशङ्कर गाँउपालिकाको सिप्रीङखोला जलविद्युत आयोजना, घट्टेखोला तथा तल्लो खारेखोला जलविद्युत आयोजनामा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रुक्शा बज्राचार्यले बताउनु भयो ।



तपाईंहरुको प्रतिकृया