दुई मोटरसाईकल ठोक्कीदा दुई घाईते

दोलखा बिशेष ब्रेकिङ्ग समाचार समाचार

प्रकाशित मिति: १३ श्रावण २०७७, मंगलवार १२:२४

दोलखा/दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर २ त्रिशुलडाँडामा विपरीत दिशाका दुई मोटरसाईकल आपसमा ठोक्कीदा दुई जना घाईते भएका छन् ।
भीमेश्वर नगरपालिका वडा नम्बर १ क्षमावतीबाट चरिकोट तर्फ आउदै आउदै गरेको ८६ प ४१३१ मोटरसाईकललाई विपरीत दिशाको प्रदेश नम्बर ३ ०२–०११ प ९२४० को मोटरसाईकलले ठक्कर दिदा ८६ प ४१३१ मोटरसाईकलमा सवार चालक कालिञ्चोक गाँउपालिका वडा नम्बर ६ का ३३ बर्षिय इन्द्रबहादुर वस्नेत र पछाडि वस्ने भीमेश्वर नगरपालिका वडा नम्बर १ सुष्पाका बृहस्पति थामी घाईते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले बताउनु भयो ।
घाईते वस्नेतको हात र खुट्टामा सामान्य चोट लागेको र उनको सामुदायीक अस्पताल चरिकोटमा उपचार भै रहेको तथा थामीको दुबै खुट्टा र निधारमा समेत चोट लागेकोले ट्रमा सेन्टर काठमाडौँ पठाईएको प्रहरीले जनाएको छ ।
यसै बीच प्रहरीले कोरोना रोकथामको लागि सामाजिक दुरी कायम नगर्ने, माक्स तथा सेनेटाईजरको प्रयोग नगर्ने, बढी भाँडा असूल गर्ने सात वटा बस र ४ वटा बोलेरोलाई कार्वाहि गरिएको जिल्ला ट्राफिक कार्यालय दोलखाले जनाएको छ ।



तपाईंहरुको प्रतिकृया