घर भित्र ढुङ्गा खस्दा महिलाको मृत्यु

दोलखा बिशेष ब्रेकिङ्ग समाचार मुख्य समाचार समाचार

प्रकाशित मिति: १३ श्रावण २०७७, मंगलवार ०७:३४

दोलखा/दोलखाको विगु गाँउपालिका वडा नम्बर ४ सिंगटीमा घर भित्र ढुङ्गा खसेर गाह्रो र जस्ताको छाना भत्कदा एक महिलाको ज्यान गएको छ ।
आज (मंगलवार) विहान ८ः४० बजे घर भित्र ढुङ्गा खसेर गाह्रो भत्कदा स्थानिय विकास थामीको श्रीमती अन्दाजी ३५ बर्षिय रेणु थामीको ज्यान गएको प्रहरीले जनाएको छ ।
घर भन्दा झण्डै पाँच सय मीटर माथि पाखाबाट ढुङ्गा खसेर घरको जस्ताको छाना र गाह्रो भत्कीदा घर भित्र काम गरिरहेको थामीलाई गाह्रोले चेपेको र उनलाई उद्दार गरी उपचारको लागि काठमाडौँ लाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले बताउनु भयो । मृतक थामीको टाउकोको पछाडी भागमा र दाहीने घुडामा चोक लागेको प्रहरीले जनाएको छ ।



तपाईंहरुको प्रतिकृया