प्रहरी सक्रियतामा बालविवाह रोकियो

दोलखा बिशेष ब्रेकिङ्ग समाचार शिक्षा स्थानीय समाचार

प्रकाशित मिति: २८ फाल्गुन २०७६, बुधबार ११:२९

दोलखा/दोलखाको मेलुङ गाँउपालिकामा स्थानिय एक युवकसंग १८ बर्षको एक नाबालिकाको परम्परागत रुपमा हुन लागेको बालविवाह प्रहरीको सक्रियतामा रोकिएको छ ।
मेलुङ गाँउपालिका वडा नम्बर ३ भस्मेका रिपुबहादुर कार्कीको १८ बर्षकी नाबालिक छोरी मनिषा कार्कीको वडा नम्बर ४ भेड्पुका ललितबहादुर थापाको २३ बर्षिय छोरा विवेक थापासंग परम्परागत रुपमा हुन लागेको बालविवाह प्रहरी सक्रियतामा रोकिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताउनु भयो ।
बालविाह हुदै छ भन्ने जानकारी पाएपछि तत्काल प्रहरी टोलि खटाई दुबै पक्षको अभिभावकहरुलाई नेपालको कानुनी प्रावधान बारे जानकारी गराई अभिभावकहरुकै सहमतिमा विवाह रोकेर केटा केटीलाई अभिभावकहरुको जिम्मा लगाई छोडिएको प्रहरी नायव उपरीक्षक पोखरेलले बताउनु भयो । केटा र केटी पक्ष दुबैका अभिभावकहरुले कानुनी प्रकृयाको बारेमा जानकारी पाएपछि आपसि सहमतिमै विवाह रोकी जन्तिलाई फर्काएका थिए ।
नेपालको मुलुकी अपराध संहिता २०७४ को दफा १७३ मा केटा केटीको उमेर २० बर्ष नपुगि विवाह गरे गराएमा तीन बर्षसम्म कैद र ३० हजारसम्म जरीवाना हुने कानुनी व्यवस्था रहेको छ ।



तपाईंहरुको प्रतिकृया