ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

दोलखा बिशेष ब्रेकिङ्ग समाचार समाचार स्थानीय समाचार

प्रकाशित मिति: २३ पुष २०७६, बुधबार ०३:१४

दोलखा/मंगलवार राति दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ पुरानो बजारबाट सडक विभाग निस्कने सडक खण्डमा भएको ट्याक्टर दुर्घटनाका घाईते चालक यमराज मगरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पुरानोबजारबाट सातदोबाटो तिर जादै गरेको ना ६ त १८१३ नम्बरको ट्याक्टर मंगलवार राति ८ बजेतिर सडकबाट झण्डै दुई सय मीटर तल खस्दा चालक रामेछाप मन्थली घर भएका यमराज मगर सख्त घाईते भएका थिए । घाईते चालक मगरलाई प्रहरी र स्थानियले उद्दार गरी प्रस्तावित चरिकोट अस्पतालमा उपचारको लागि लगेकोमा अस्पतालले थप उपचार गर्न धुलिखेल अस्पताल रिफर गरेको थियो । चालक मगरको धुलिखेल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिनु भयो । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।



तपाईंहरुको प्रतिकृया