राष्ट्रिय युवा संघ नेपालको रक्तदान

दोलखा बिशेष ब्रेकिङ्ग समाचार राजनीति स्वास्थ्य

प्रकाशित मिति: २६ मंसिर २०७६, बिहीबार १४:०६

दोलखा/राष्ट्रिय युवा संघ नेपाल दोलखाले सदरमुकाम चरिकोटमा विहिवार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल रेडक्रश शोसाईटी दोलखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं दोलखा इन्चार्ज देवी खड्का, नेकपा दोलखाका सचिवालय सदस्य हिरा थोकर लगायत ७० जनाले रक्तदान गर्नु भएको राष्ट्रिय युवा संघ नेपाल दोलखाका संयोजक धिरज सुवेदीले बताउनु भयो ।
दोलखाको बिभिन्न अस्पतालहरुमा उपचारको क्रममा कसैलाई पनि रगतको अभाव नहोस भन्ने उदेश्यले नेपाल रेडक्रश शोसाईटी दोलखाको प्राविधिक सहयोगमा हरेक महिना बिभिन्न संघ संस्थाले रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको नेपाल रेडक्रश शोसाईटी दोलखाका सभापति गोकर्णप्रसाद पोखरेलले बताउनु भयो ।
राष्ट्रिय युवा संघ नेपाल दोलखाले आयोजना गरेको रक्तदान कार्यक्रमको अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश ३ का सचिव आनन्दप्रसाद पोखरेल, जिल्ला इन्चार्ज देवी खड्का, जिल्ला अध्यक्ष एवं तामाकोसी गाँउपालिकाका प्रमुख इश्वरचन्द्र पोखरेल, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, मेलुङ गाँउपालिकाका प्रमुख नरबहादुर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।



तपाईंहरुको प्रतिकृया