गणतन्त्रलाई वर्तमान सरकारबाटै खतरा

दोलखा बिशेष ब्रेकिङ्ग समाचार राजनीति शिक्षा स्थानीय समाचार

प्रकाशित मिति: २४ मंसिर २०७६, मंगलवार १६:३४

दोलखा/नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रभावशाली नेता शेखर कोईरालाले गणतन्त्रलाई वर्तमान सरकारबाटनै खतरा रहेको बताउनु भएको छ । मंगलवार नेपाली कांग्रेस दोलखाले आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेता कोईरालाले प्रधानमन्त्रीले भनेजस्तो पूर्व राजा या विप्लवबाट गणतन्त्रलाई खतरा नरहेको बताउनु भयो ।
सरकार निरंकुश ढङ्गले अगाडि बढीरहेको छ, प्रेश काउन्सील विधेयक लगायतका विधेयकहरु आफ्नो अनुकुल ल्याउन खोजिएको छ, नेता कोईरालाले भन्नु भयो – त्यसैले गणतन्त्रलाई पूर्व राजा या विप्लव माओवादीबाट नभै सरकारबाटै खतरा रहेको छ ।
नेता कोईरालाले वर्तमान सरकारलेनै भ्रष्टाचारीलाई संरक्षण दिएको आरोप समेत लगाउनु भयो । वाईडबडी, बालुवाटार जग्गा प्रकरण लगायतका घट्नालाई सरकारलेनै संरक्षण गरिरहेको छ –नेता कोईरालाले भननु भयो । वाईटबडी प्रकरणमा नेपाली कांग्रेसका नेताहरुको समेत संलग्ता रहेको विषयमा कार्यकर्ताको राखेको जिज्ञासाको जवाफ भने नेता कोईरालाले दिनु भएन् ।
कार्यक्रममा कांग्रेस कार्यकर्ताहरुले पार्टीमा सिस्टम हराएको, संगठन नबनेको, भातृ संगठनहरुको अधिवेशन लामो समय देखि हुन नसकेको, नेताहरुको मनोमानि देखिएको, नातावाद, कृपावादको आधारमा नियुक्ति तथा पद दिने गरिएको जस्ता आरोप लगाएका थिए ।
नेपाली कांग्रेस दोलखाका सभापति रुद्र बहादुर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सभापति ताराबहादुर कोईराला, उद्धवराज काफ्ले, नेताहरु इश्वरनारायण मानन्धर, बर्मा लामा, जिल्ला सचिव सन्तोष रिमाल, बालकृष्ण आचार्य, क्षेत्रिय सभापति जयराम श्रेष्ठ, नगरसभापति राजेश श्रेष्ठ, कालिञ्चोक गाँउ सभापति अर्जुन शिवाकोटी, नेवि संघका पूर्व अध्यक्ष राकेश श्रेष्ठ, प्रेस युनियनका बागमति क्षेत्र विशेष संयोजक रमेश खतिवडा, जिल्ला अध्यक्ष दीपशङ्कर चौलागाई, तामाकोसी गाँउपालिका वडा नम्बर १ भीरकोटका वडा अध्यक्ष महेश काफ्ले, सुर्दशन कार्की लगायतको सहभागिता रहेको थियो ।

दोलखा भ्रमणको क्रममा नेता शेखर कोईरालाले दोलखा तामाकोसी गाँउपालिकाको झुलेमा रहेको अमर माध्यामीक विद्यालयको नवनिर्मित २१ कोठे भवनको चाँबी गाँउपालिका अध्यक्ष इश्वरचन्द्र पोखरेललाई हस्तान्तरण गर्नु भएको थियो । उक्त भवन एसियाली बिकास बैङ्कको ४ करोड ४८ लाख ७० हजार ऋण सहयोगमा निर्माण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीबाबु कार्कीले बताउनु भयो ।



तपाईंहरुको प्रतिकृया