संरक्षित बन्यजन्तु घोरलको उद्दार

दोलखा बिशेष ब्रेकिङ्ग समाचार स्थानीय समाचार

प्रकाशित मिति: २१ मंसिर २०७६, शनिबार १२:३४

दोलखा/दोलखाको विगु गाँउपालिका वडा नम्बर १ लामाबगरमा शसस्त्र प्रहरीले संरक्षित बन्यजन्तु घोरल (माउ) लाई उद्दार गरेको छ ।
शसस्त्र प्रहरी बल नेपाल नम्बर १८ गुल्म हेडक्वाटर दोलखा मातहत माथिल्लो तामाकोसी जलविद्युत आयोजना लामाबगरमा खटिएको सुरक्षा बेसले ५÷६ वटा भुस्याहा कुकुरले लखेट्दै गरेको अवस्थामा संरक्षित बन्यजन्तु घोरललाई उद्दार गरी गौरीशङ्कर संरक्षण क्षेत्रको जंगलमा छोडिएको शसस्त्र प्रहरी बल नेपाल नम्बर १८ गुल्म हेडक्वाटर दोलखाले जनाएको छ ।
शसस्त्र प्रहरी हवलदार सचन कुमार चौधरीको कमाण्डमा रहेको पाँच जनाको टोलीले संरक्षित बन्यजन्तु घोरलको उद्दार गरी गौरीशङ्कर संरक्षण समिति विगुका अध्यक्ष रामचन्द्र खड्का लगायत स्थानिय बुद्धिजिविहरुको रोहवरमा संरक्षण क्षेत्रको जंगलमा छोडिएको शसस्त्र प्रहरी बल नेपाल नम्बर १८ गुल्म हेडक्वाटर दोलखाले जनाएको छ ।



तपाईंहरुको प्रतिकृया