रोकि रहेको बस पल्टदा एक बृद्धाको ज्यान गयो

दोलखा बिशेष ब्रेकिङ्ग समाचार मुख्य समाचार स्थानीय समाचार

प्रकाशित मिति: ४ मंसिर २०७६, बुधबार १२:०८

दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोच ठूलिनागीमा बुधवार विहान भएको बस दुर्घटनामा संगै यात्रा गरेको जीवन संगिनीको मृत्यु भएपछि बैतेश्वरका गोले तमाङ एक्लो भएका छन् । बुढेसकालमा सहारा छिनिएपछि उनी दुर्घटना स्थलमै भक्कानिएरका छन् ।
दोलखाको बैतेश्वर गाँउपालिका वडा नम्बर २ मिर्गेबाट विहान ७ बजेको बस चढेर श्रीमती ७० बर्षिय कुमारी तमाङसंगै गोले तमाङ काठमाडौँको लागि हिडेका थिए । तर उनलाई के थाहा केहि घण्टाको यात्रा पछिनै बुढेसकालको सहारा आफ्नो जीवन संगिनी गुमाउनु पर्छ भनेर । दुर्घटना स्थलमा बसले चेपेर श्रीमती कुमारीको मृत्यु भएपछि श्रीमतीको शव हेरेर भक्कानी रहेका गोलेको केहि भन्न बोली समेत फुट्न सकेको छैन् ।
मिर्गेबाट बुधवार विहान ७ बजे काठमाडौँको लागि छुटेको बा ३ ख २९९७ नम्बरको गौरीशङ्कर यातायातको बस सदरमुकाम चरिकोटबाट १० बजे छुटेको थियो । विहान करिब ११ बजे भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोचमा पुगेपछि बसमा डिजेल सकिएको थियो । सडकमा साईड लगाएर राखिएको बस एक्कासि फलामको ओत नाघेर गुडेपछि सडकमै पल्टीएको थियो । रोकिएको बसमा चार जना रहेकोमा बस गुड्न लागेपछि अतालिएर उत्रने क्रममा बृद्धा कुमारी तमाङको सोहि बसले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताउनु भयो ।
बसबाट उत्रने क्रममा दुई बर्षको बालक छिरीङ दुण्डु तमाङ घाईते भएको र उनको सदरमुकाम चरिकोट स्थित सामुदायीक अस्पतालमा उपचार भै रहेको प्रहरीले जनाएको छ । बसमा १० जना यात्रु रहेकोमा अन्य यात्रु भने बस रोकिएपछि पहिलेनै उत्रिएको यात्रु रेखा शिवाकोटीले बताउनु भयो । बस गुड्न लागेपछि चालकले रोक्ने प्रयत्न गरेको तर सम्भव नभएपछि उनी भागेको शिवाकोटीले बताउनु भयो ।



तपाईंहरुको प्रतिकृया