भालुको आक्रमणबाट एक बृद्ध घाईते

दोलखा बिशेष ब्रेकिङ्ग समाचार स्थानीय समाचार

प्रकाशित मिति: १८ कार्तिक २०७६, सोमबार १५:५२

दोलखा/दोलखाको जिरी नगरपालिका वडा नम्बर १ च्यबुकेमा भालुले आक्रमण गर्दा सोमबार विहान (आज) एक बृद्ध घाईते भएका छन् ।
घर नजिक बारीमा हलो जुवा लिन जाने क्रममा एक्कासी भालुले आक्रमण गर्दा ७४ बर्षिय पदमबहादुर खड्का घाईते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले बताउनु भयो ।
भालुको आक्रमणबाट खड्काको घाँटी, टाउको, मुख र निधारमा गम्भीर चोट लागेको र उनको जिरी अस्पतालमा प्राथामीक उपचार पछि थप उपचारको लागि काठमाडौँ पठाईएको प्रहरी निरीक्षक बोहोराले बताउनु भयो ।



तपाईंहरुको प्रतिकृया