बोलेरो दुर्घटनामा बालिकाको ज्यान गयो

दोलखा बिशेष ब्रेकिङ्ग समाचार स्थानीय समाचार

प्रकाशित मिति: १३ कार्तिक २०७६, बुधबार ०७:१४

दोलखा/दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर २ सोक्लामा बुधवार विहान बोलेरो दुर्घटना हुदा एक बालिकाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् ।
चरिकोट आउदै गरेको बा १४ च ७६७ नम्बरको बोलेरो अनियन्त्रीत भै दुर्घटना हुँदा भीमेश्वर नगरपालिका वडा नम्बर २ डाँडागाँउका भोजबहादुर ओलीको ९ बर्षिय छोरी रोशनी ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताउनु भयो ।
रोशनीको चरिकोट प्रस्तावित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी भीमेश्वर नगरपालिका वडा नम्बर २ डाँडागाँउका चालक २५ बर्षिय मनु तमाङ, ३५ बर्षिय भोजबहादुर ओली, भोजबहादुरको श्रीमती ३० बर्षिय दुर्गा वली, भोजबहादुरको छोरा ५ बर्षिय रोहन ओली र वडा नम्बर २ तिखातलको ३७ बर्षिय रञ्जनी तमाङ घाईते भएको र उनीहरुको प्रस्तावित चरिकोट अस्पतालमा उपचार भै रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव निरीक्षक यज्ञनन्दन शाहले बताउनु भयो ।
बोलेरोमा ९ जना रहेकोमा तीन जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । बोलेरो कच्ची सडकबाट २५ मीटर तल खसेको थियो । दुर्घटनाको जानकार िपाउना साथ इलाका प्रहरी कार्यालय दोलखाबाट गएको प्रहरी टोलीले घाईतेहरुको उद्दार गरी चरिकोट पठाएको थियो ।



तपाईंहरुको प्रतिकृया