पत्रकार जिरेल सम्मानीत

अर्थ/बाणिज्य दोलखा बिशेष समाचार सूचना प्रबिधि

प्रकाशित मिति: १३ आश्विन २०७६, सोमबार १५:४८

दोलखा/दोलखाको जनमुखी बचत तथा ऋण सहकारी संस्थाको २२ औ साधाराण सभाको अवसरमा पत्रकार प्रभु जिरेल सम्मानित भएका छन् ।
पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रलाई महत्वपुर्ण योगदान गरेको भन्दै जिरेललाई नगद सहित सम्मान गरिएको हो । संस्थाको २२ औ साधारण सभाको अवसरमा दोलखाको वैत्येश्वर गाउँपालिका वडा नम्वर ५ मैनापोखरीमा आयोजित कार्यक्रममा पत्रकार जिरेललाई सम्मान गरिएको थियो । रेडियो पत्रकारिताबाट पेशा सुरु गरेका जिरेल हाल राष्ट्रिय समाचार समिति जिल्ला संवाददातामा र दर्पण संचार अनलाइनका प्रमुख हुनुहुन्छ । जिरेल आदिवासी जनजाती पत्रकार महासंघ दोलखाका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ दोलखाको कार्यसमिति सदस्य समेत हुनुहुन्छ ।
दोलखा जिल्लाभर कार्यक्षेत्र रहेको जनमुखी बचत तथा ऋण सहकारीमा १७ हजार शेयर सदस्य रहेका छन् भने ७६ करोड को पुजीं संकलन गरी कारोवार गर्दै आएको छ । दोलखाको वैत्येश्वर गाँउपालिका वडा नम्वर ५ मैनापोखरीमा मुख्य कार्यालय रहेको यो सहकारीले विभिन्न सेवा केन्द्र मार्फत सेवा दिदैँ आएको छ ।



तपाईंहरुको प्रतिकृया