जेसिवीको ठक्करबाट बालकको मृत्यु

दोलखा बिशेष ब्रेकिङ्ग समाचार मुख्य समाचार स्थानीय समाचार

प्रकाशित मिति: ५ आश्विन २०७६, आईतवार ०७:३८

दोलखा/दोलखाको बिगु गाँउपालिका वडा नम्बर ८ चिलंखाको झोरुङ सोरुङ सावा सडक खण्ड मर्मतको क्रममा जेसिवीले ठक्कर दिदा एक जना बालकोक ज्यान गएको छ ।
शनिवार साँझ बा ३ क १२०६ नम्बरको जेसिवीको ठक्करबाट सोरुङमा ब्यवसाय गर्दै आएका रमेश खड्काको चार बर्षको बालक रोज खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले बताउनु भयो । जेसिवीमा चढेका बालक सडकमा खसेको र उक्त जेसिवीलेनै ठक्कर दिदा बालकको घट्ना स्थलमै मृत्यु भएको स्थानियले बताएका छन्् ।
अहिले ठक्कर दिने जेसिवी ब्याक लोडर प्रहरी नियन्त्रणमा रहेको र घट्नाको आवश्यक छानविन भै रहेको प्रहरीले जनाएको छ । जेसिवीका चालक भने फरार रहेको र उनको खोजी भै रहेको प्रहरीको भनाई छ ।



तपाईंहरुको प्रतिकृया