सुरक्षित छ राष्ट्रिय परिचयपत्र

दोलखा बिशेष ब्रेकिङ्ग समाचार मुख्य समाचार सूचना प्रबिधि

प्रकाशित मिति: ५ भाद्र २०७६, बिहीबार १४:४७

दोलखा/सरकारले सबै जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न निर्देशन दिएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले त्यसको तयारी सुरु गरेको छ ।
विहिवार दोलखा सदरमुकाम चरिकोटमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धि अन्तक्र्रिया तथा अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक चोमेन्द्र न्यौपानेले राष्ट्रिय परिचयपत्रको महत्व, प्रभाव र आवश्यकताको विषयमा जानकारी गराउनु भएको थियो । न्यौपानेले सरकारले वितरण सुरु गरेको राष्ट्रिय परिचयपत्र प्राविधिक रुपमा निक्कै परिपक्को भएकोले व्यक्तिको गोपनियतामा कुनै समस्या नहुने बताउनु भयो ।
पाँचथरबाट सुरु भएको राष्ट्रिय परिचयपत्र वितरण अभियान अहिले १६ जिल्लामा चलिरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । सरकारको निर्णय अनुसार आर्थिक बर्ष ०७६÷०७७ बाट सबै जिल्लामा परिचयपत्र वितरण गरिने भएकोले त्यसको पुर्व तयारीको लागि छलफल, अभिमुखिकरण लगायतका कार्यक्रम भै रहेको विभागका निर्देशक न्यौपानेले बताउनु भयो ।
राष्ट्रिय परिचयपत्र वितरणको लागि जिल्लामा प्मुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति हुने र त्यसैको निर्णयको आधारमा कहाँबाट र कुन प्रकृयामा वितरण कार्य अघि बढाउने भन्ने कार्ययोजना बन्ने विभागले जनाएको छ । विहिवार भएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धि अन्तक्र्रिया तथा अभिमुखिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले सबैले सहज ढङ्गले राष्ट्रिय परिचयपत्र लिने वातावरण बनाउन प्रयत्न गरिने बताउनु भयो ।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले सरकारले दिने सेवा सुविधा सरल र सहज ढङ्गले प्राप्त गर्ने तथा अन्य कामहरुको लागि समेत राष्ट्रिय परिचयपत्र आवश्यक हुने भएकोले स्थानय पालिकाहरु र अन्य निकायहरुले समेत राष्ट्रिय परिचयपत्र वितरण अभियानलाई सहयोग गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा दोलखा तामाकोसी गाँउपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेल, मेलुङ गाँउपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठ लगायतले राष्ट्रिय परिचयपत्रका बिबिध विषयमा जिज्ञासा राख्नु भएको थियो । दोलखाको दुई नगरपालिका र सात गाँउपालिकामा दशै तिहार लगतै परिचयपत्र वितरण अभियान सुरु गरिने बिभागले जनाएको छ ।



तपाईंहरुको प्रतिकृया