विप्लव माओवादीका दुई कार्यकर्ताले गरे पार्टी परित्याग

दोलखा बिशेष ब्रेकिङ्ग समाचार मुख्य समाचार समाज

प्रकाशित मिति: १ भाद्र २०७६, आईतवार ११:५१

दोलखा/दोलखामा विप्लव माओवादीका दुई कार्यकर्ताले आईतवार (आज) उक्त पार्टी परित्यागको घोषणा गरेका छन् ।
विप्लव माओवादी दोलखाका पूर्व जनसरकार प्रमुख तथा पार्टी जिल्ला सचिवालय सदस्य दोलखा मेलुङ गाँउपालिका वडा नम्बर ३ घ्याङसुकाठोकर का नेत्रबहादुर वस्नेत र पूर्व सेक्रेटरी वडा नम्बर १ पवटीका राजन धनुकेले प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको कार्यकक्षमा पुगेर पार्टी परित्यागको घोषणा गरेका हुन् ।
उनीहरुले विप्लव माओवादीले लिएको विचारधार, सैद्धान्तिक धरातल, व्यवहार र गतिविधिले राष्ट्र र समाजलाई फाईदा पुग्ने नदेखिएकोले आफुहरुले उक्त पार्टी परित्यागको घोषणा गरेको हस्ताक्षर सहितको लिखित निवेदनमा उल्लेख गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कानुन विपरितको गतिविधि गर्ने जो कोहिलाई नियन्त्रणमा लिईने भएकोले सबैले मुलुकको संविधान र ऐन, कानुनको अधिनमा रहेर आफ्नो गतिविधि गर्न अनुरोध गरेका छन् ।



तपाईंहरुको प्रतिकृया