भीमेश्वर नगरपालिकालाई खुलादिसामुक्त घोषणा गर्ने तयारी

दोलखा बिशेष ब्रेकिङ्ग समाचार स्थानीय समाचार स्वास्थ्य

प्रकाशित मिति: १० जेष्ठ २०७६, शुक्रबार १२:२१

शरद सापकोटा

दोलखा/भीमेश्वर नगरपालिकाले आफ्नो नगरलाई यही जेठ २५ गते खुल्लादिसामुक्त घोषणा गर्ने निर्णय गरेको छ । वि.सं २०७६ को बैशाखमहिनामै गरिसक्ने योजनाबनेको भएतापनिकार्यब्यस्तताकाकारण बैशाखमहिना देखि नै प्रक्रिया सुरु गरी उक्तमितिमा घोषणागर्ने तयारी भएको मेयर भरत केसीले जानकारी दिनुभयो ।
जेठ २५ मा घोषणा गर्न बैशाखमहिना देखि नै भीमेश्वर नगरपालिकाले विभिन्न समितितथाअधिकृतहरुलाई जिम्मेवारी प्रदान गरी काम अघि बढाएको थियो । सबै कामको अनुगमनगर्न नगरस्तरीय अनुगमन समितिपनि गठन गरी सो समितिले निरन्तर अनुगमनगरिरहेको छ । वडा तहमाअनुगमनतथाप्रतिबद्दता, नगरस्तरीय विद्यालयकाप्रअको बैठक, स्वास्थ्य केन्द्रकाप्रमुखको बैठक, स्वयंसेविकाहरुको बैठक, यातायातब्यवसायी, उद्योगी, ब्यवसायी, संघसंस्थालगायतका सम्पूर्ण सरोकारवाला सँगको बैठक, अन्तक्रिया र अभिमुखीकरण गरी सबै तहमाखुल्लादिसामुक्तनगरको सन्देश लैजानभीनपाअन्तिम चरण पुगेको हो ।
वि.सं. २०७१ देखि सुरु गरिएको यो अभियान७२ सालको विनाशकारी भूकम्पले भौतिक संरचनाक्षतविक्षत बनाएपछि पुन सुरु गरिएको थियो ।हालनगरका ९८ प्रतिशत घरधुरीमाशौचालयबनिसकेकोले यो कार्यक्रमगर्न लागिएको हो । यसका साथै नगरले दिसाजन्य लेदो ब्यवस्थापनकालागिकाम सुरु गरेको र राजमार्ग तथा घना बस्ती क्षेत्रमाआधुनिक सार्वजनिकशौचालयनिर्माण कार्य धमाधम भैरहेकोले यो अभियानअझप्रभावकारी हुने मेयर केसीले दावीगर्नुभएको छ ।



तपाईंहरुको प्रतिकृया